Showing posts with label खोज. Show all posts
Showing posts with label खोज. Show all posts

Wednesday, February 18, 2009

एउटा हत्या



"तँलाई सेक्स भढी चाहिने । मेरो सम्पत्ती पनि त्यसै असई ले खायो । त्यसका लागि तैंले मेरो सबथोक लिईस, अब तैंले लिने यही ज्यान हो । हिंजो पनि त्यही भातेलाई पोसिस् ।" यी वाक्य हुन पूर्व डी.आई.जी.ले आत्महत्या गर्नु अघी कोठाको भित्तामा मार्कर पेनले लेखेको सुसाईड नोट । २०६४ असार १६ गते यस्तो सुसाईड नोट लेखी आफुले आँफैंलाई गोली हानेर आत्महत्या गर्ने ब्यक्ती हुनडिल्लीबजार काठमाडौंका बल बहादुर के. सी.{D.I.G.} ।

जो नेपाल प्रहरिका पूर्व डी. आई. जी. हुन । उनले चुनदेबी स्थित आफ्नै निवासमा बिहानै बाह्रबोरको बन्दुकको ट्रीगर खुट्टाले दबाएर आफ्नै छातीमा गोली हानेका थिए । उनले आत्महत्या गर्नुको कारण आफ्नै कान्छी श्रीमती अञ्जु आफ्नै रहेको सुसाईड नोटमा फेला परेको छ ।
ती डी.आई.जी.ले भित्तामा लेखेको सुसाईड नोट अनुसार उनकी कान्छी श्रीमती अञ्जु आफ्नै अङ्गरक्षक असई सशस्त्र प्रहरी सरोज भन्ने सँग डी.आई.जी.को आँखा छली छली हर समय सेक्स गरेको, त्यही पिडा लाई खप्न नसकेर आत्महत्या गरेको भनेर पनि बुझिन्छ ।