Monday, May 18, 2009

जंगल क्वीन






जेसिका खड्काले केही वर्षअघि मात्र टिनएज काटेकी छिन् । उनी अहिले चलचित्र नायिकाका रुपमा जम्ने प्रयास गर्दै छिन् । उनले अभिनय गरेको दोस्रो फिल्म "जंगल क्वीन" राम्रो चलेका कारण उनको चर्चा सुरु भएको छ । एकताका उनी प्रकाश ओझाको यौन प्रकरणमा सीधा मुछिएकी थिइन् । त्यही प्रकरणका कारण उनले जीवनमा सोच्दै नसोचेको अवस्था भोग्नुपर्यो । उनीमाथि अनेक आक्षेप आए । ती आक्षेपका कारण उनले आत्महत्या गर्नेसम्मको सोच बनाइन् । धेरैले उनलाई पतीत व्यक्तिका रुपमा व्यवहार गरे । केही थोरै व्यक्तिले मात्र उनीमाथि मान्छेजस्तो व्यवहार गरे । अहिले उनी ती पुराना दिन सम्झन पनि चाहन्नन् तर उनीसितै त्यो विगत जोडिएका कारण हरेक पटक उनको त्यो विगत कोट्याइने गरिन्छ । जस्तो कि यस पटकको अन्तरवार्ता पनि त्यो विगतबिना पूरा हुँदैन थियो तर प्रायः उनी अधिकांश समय मौन बसिन् । कल्पनै नगरेको हेला र दुव्र्यवहार उनले यस बीचमा पाइन् तर उनको हिम्मत कस्तोसँग बढेको छ भने अब उनी एक्लै जीवनमा संघर्ष गर्नसक्ने भएर निस्किएकी छिन् । तिनै ज्योति खड्का कसरी जेसिका बनिन्, उनीसित अच्युत कोइरालाको विस्तृत कुराकानी-
तपाईंलाई बधाई छ, तपाईंले अभिनय गरेको फिल्म "जंगल क्वीन" निकै हिट भएको छ ?
-कुराकानीलाई निकै सहज बनाउन सुरुवातमा मैले उनलाई हौस्याउन चाहें । तर उनले मेरो बधाईलाई मुस्कानले मात्र फिर्ता गरनि् । मुख खोल्न चाहिनन् । उनीसित न्यूरोडको एउटा रेष्टुराँमा भेटेदेखि कुरा सुरु गरुञ्जेलमा उनले मुखको साटो टाउकोले स्वीकृति वा अस्वीकृति जनाइरहेकी थिइन् ।)
फिल्मले यति धेरै सफल होला भन्ने सोच्नु भएको थियो ?
-उनले यो प्रश्नको उत्तरमा पनि मुन्टो हल्लाएर सोचेको थिइनँ भन्ने जनाइन् । तर म त्यस उत्तरमा ज्यादै असन्तुष्ट भ㢍ँ । उत्तर पाएकै छैन भन्ने हिसाबले मैले उनीतिर ट्वाल्ल परेर हेररिहें ।)
जंगल क्वीन कसरी पाउनु भो त ? -बल्ल उनी बोलिन्, उनको स्वर मधुरो सुनियो) पहिलो फिल्म "अचानक"को सुटिङ भइरहेकै ठाउँमा निर्देशक बीएस बलामी आउनु भएको थियो । त्यहीं कुरा भएर फिल्म गर्ने पक्का भएको थियो ।
किन फिल्म स्वीकार गर्नुभयो त ?
स्टोरी सुनेँ, राम्रै लाग्यो । (फेरि पनि छोटो उत्तर !)
पहिलो दिनको अनुभव कस्तो रह्यो ?
फाइट सिन थियो । पहिले नै क्यामेरा फेस गरसिकेको हुनाले मलाई गाह्रो त भएन । फाइट सिन गर्न झनै गाह्रो भएन । तर त्यो सिनमा घुँडामा चोट लाग्यो, त्यत्ति हो । -अब विस्तारै खुल्न थालिन् ।)
अनि तपाईंको पहिलो फिल्म चाहिँ अचानक कसरी पाउनु भयो त ?
अचानकको निर्माता सरोज शर्मा मलाई फिल्म खेल भन्दै आउनु भयो । मैले मानेकी थिइनँ । मलाई यो क्षेत्रमा गर्ने केही उत्साह नै बाँकी थिएन । जीवनमै उत्साह थिएन । तर उहाँले जुन क्षेत्रले तिम्रो बदनाम भयो, त्यही क्षेत्रमा नाम बनाउनु पर्छ भन्नुभयो । अनि उहाँको कुरा चित्त बुझेपछि फिल्म गरें ।
अभिनयको चस्का चाहिँ कसरी लाग्यो ?
म बच्चैदेखि अभिनय मन पराउँथें । मलाई ऐश्वर्या राय (बलिउडकी नायिका) खुब मन पथ्र्यो । उनीजस्तै नाम कमाउने मेरो इच्छा थियो । त्यही भएर म यस क्षेत्रमा केही गर्न चाहन्थेँ ।
पहिलो पटक क्यामेरा कहिले फेस गर्नुभयो त ? -फेरि मौन ! मानौँ मैले एउटा गहिरो घाउ कोट्याइदिएँ । निकै बेर मौन रहिन् । मुस्किलले एउटा अधुरो वाक्य निस्क्यो) त्यै गीत...-उनी
फेरि मौन रहिन् ।)
कुन गीत ?
भत्काइदिन्छु.... -प्रकाश ओझाको बहुचर्चित गीत भत्काइदिन्छु बाख्राको खोर पनि बताउँदा उनको अनुहारमा कान्ति थिएन, गर्व थिएन ।)
ओहो, भनेपछि त तपाईंको पहिलो गीतबाट नै ज्यादै हिट पो हुनुभएछ ! -मैले उनलाई हौस्याउँदै गर्दा उनको आँखा हल्का रसाउन थाल्यो । उनले त्यसको जवाफमा मुन्टो मात्र हल्लाइन् ।)
कसरी पाउनु भयो भिडियो ?
इटहरीमै बस्थेँ, अनि मलाई पनि खेल्ने इच्छा थियो ।
खासमा तपाईं र प्रकाश ओझाको जुन घटना भयो, त्यसको वास्तविकता के हो ?
अरुलाई भन्दा विश्वास गर्दैनन्, कतिले त प्रकाशलाई फँसाउन र चर्चामा आउन यसो गरी भनेर मेरो मुखेञ्जी नै पनि भने । तर मैले उसलाई भाइटीका लगाइदिएकी थिएँ । हामीबीच आत्मीयता थियो । उसको (प्रकाश) घरमा जान्छु भन्दा आमाले पनि रोक्नुहुन्न थियो । उसको वाइफसँग पनि मेरो राम्रो सम्बन्ध थियो । दुई छोरीहरुले पनि मलाई दिदी भन्थे । तर कहाँनेर कुरा बिगि्रयो भने उसले कतिबेला मेरो नाङ्गो फोटो खिचिसकेछ । त्यो देखाएर मलाई ब्ल्याकमेलिङ गर्यो ।
ब्ल्याकमेलिङ भन्या कस्तो ?
म यो फोटो पत्रिकामा छापिदिन्छु, म त ठूलो र चर्चित मान्छे हुँ । मलाई कसैले केही गर्न सक्तैन । इण्डिया भाग्छु । तँलाई नै हुने हो सबै भन्यो । तेरी सौतेनी आमाले बाँच्न दिन्न । अनि खालिस् ।
अनि ?
त्यो बाहिर आएपछि त म मर्नु न बाँच्नु भएँ । एकचोटि त सुसाइड पनि गर्न खोजेँ । तर मेरो यसमा कुनै गल्ती थिएन । अब मै गलत हुने भएँ मरेपछि चाहिँ भन्ने लाग्यो । त्यै भएर मर्न सकिनँ ।
तपाईंको सौतेनी आमा हुनुहुन्छ ?
हो ।
बुबा ?
अहिले विदेशमा हुनुहुन्छ ।
उहाँले थाहा पाएपछि के प्रतिक्रिया थियो ?
मेरी आमा त म सानै छँदा अर्कैसित जानुभएको रहेछ । त्यसैले म हजुरआमा र मेरो माइलो काकाकोमा हुर्किएँ । म मेरो माइलो काकालाई कहिल्यै पनि काका भन्दिनँ । उहाँ नै मेरो बुबा र काकी ममीजस्तो लाग्छ । त्यस्तो घटना हुँदा बुबाले चाहिँ काकालाई त्यस्तालाई किन राखेको भन्नुभएछ तर उहाँले मेरी छोरी मैसित नराखे कोसित राख्नु भन्नु भएछ । घरको सपोर्ट नभएको भए त मेरो के हालत हुन्थ्यो होला, तर उहाँहरुले सपोर्ट गर्नाले म अहिलेसम्म जीवित छु ।
मर्ने कुरा पनि सोच्नु भयो ?
त्योबाहेक मसित अरु कुनै विकल्प थिएन त्यो बेला । तर मलाई मेरी आमा (हजुरआमा) ले ज्यादै माया गर्नुहुन्छ । मलाई केही भइहाल्यो भने उहाँलाई कसले हेरचाह गर्छ भन्ने लागेर अनि मरनिँ । अनि यदि मेरै गल्ती भए पनि प्रायश्चित गरेँ भने मैले पुनर्जीवन पाउन सक्तिनँ र भन्ने लाग्यो । अनि मलाई के पनि लाग्यो भने उसले (प्रकाश ओझाले) त जेल गएपछि पनि यही क्षेत्रमा केही गर्न खोजिरहेको छ, गररिहेको छ भने झन् मेरो त क्यै गल्ती नै थिएन ।
अनि ?
तर अझै पनि मान्छेले यसमा मेरो दोष देख्छन्, गल्ती देख्छन् । वास्तवमा त्यस्तो होइन । उनीहरुले मलाई मेरै अगाडि नानाथरी भन्छन् । मलाई त यति पतीत ठान्छन् कि के भन्नु !
मैले एकचोटि तपाईंको बिहे पनि भएको सुनेको थिएँ, कोसित ? -उनी यस प्रश्नमा पहिलो पटक हाँसिन् र उल्टै प्रश्न गरनि्) कोसित ? यो बिलकूलै गलत कुरा हो ।
हुँदै होइन त ?
मलाई पर्नु पीर परेको अवस्थामा एक दुई जना नआएका होइनन् । उनीहरुको भनाइ के थियो भने जेजस्तै भए पनि म तिमीलाई अपनाउँछु भनेर एक जना आउनु भएको थियो । उहाँले मलाई बिहे गर्नु भनेको दया गरेजस्तो उहाँको भाव देखेँ । त्यै भएर मैले बिहे गरनिँ । म त वेश्या त होइन नि । म एउटा अप्ठेरोमा परेर शोषित भएकी थिएँ । कहीँ कतै केही गल्ती भएको भए पनि त्यसको प्रायश्चित गर्दै छु ।
अनि अर्को कुरा, मलाई केटा मान्छे नै मन पर्दैनन्, यस्तो अवस्थामा कसरी बिहे गर्छु होला ? मलाई अझै पनि भीडभाड मन पर्दैन । म एक्लै बस्न रुचाउँछु । अझै पनि कसैले मलाई गहिरएिर हेरे भने मेरो बारेमा पक्कै गलत सोच्दै छ भन्ने लाग्छ । अचानकको सुटिङका बेलामा म एक्लै बस्थेँ, मलाई डाइरेक्टर साब, एनबी महर्जन दाइहरुले गाली गर्नुहुन्थ्यो । जे भयो भइहाल्यो, अब त्यही कुरालाई लिएर तिमी यति धेरै कन्सस नहोऊ भनेर सम्झाउनु हुन्थ्यो ।
चारित्रिक हिसाबले नेपाला फिल्म उद्योग सबैभन्दा नराम्रो मानिन्छ, यहीँ चाहिँ तपाईं किन आउन चाहनु भयो त ?
जे कारणले, जुन रहरले मेरो जीवन बरबाद भयो, म त्यही क्षेत्रबाट पुनः इज्जत पाउन चाहन्छु । यो क्षेत्रमा सबै नराम्रा मान्छे पनि छैनन् । त्यो कुरा त मेरो दुई वटा फिल्मका दाइहरु, सहकर्मीहरुबाट पनि थाहा भयो । मलाई लाग्छ, अब मैले यही क्षेत्रबाट केही गर्न सक्छु ।
तपाईं यति राम्री हुनुहुन्छ, कसैले प्रेमप्रस्ताव राखेकेा छ कि छैन हालसालै ?
म मान्छेको अघिल्तिर नबस्ने हुनाले कसैले प्रस्ताव राख्ने कुरै आउँदैन ।
परिवारमा अहिले कस्तो छ त ?
यो घटना भएपछि मलाई मेरो बुबाले त्याग्नु भयो । काका जसलाई म आफ्नै बाबाभन्दा बढी मान्छु, उहाँले चाहिँ बुबालाई भन्नुभएछ- म मेरी छोरीलाई राखुँ कि फ्यालुँ के मतलब ? अहिले मेरो बुबासित काकाको बोलचाल छैन ।
अहिले तपाईं कहाँ बसिरहनु भएको छ ?
मामाघर छ सामाखुसीमा । म उहाँहरुसित बसिरहेकी छु । उहाँले पनि मलाई सपोर्ट गररिहनु भएको छ ।
उद्योगमा कसरी काम गर्नेबारे सोच्नु भएको छ ?
म जुनसुकै मूल्यमा पनि यहीँ टिक्ने भन्ने सोचमा छैन । मलाई फिल्म नै गर्नुपर्छ भन्ने छैन । पहिला रहर थियो, अब चाहि मेरो आत्मसम्मानमा चोट नपुग्ने कुनै प्रोजेक्ट या त्यस्ता व्यक्तिहरु भेटेँ भने काम गर्छु नत्र गर्दिन । मलाई फिल्मको अनुभव पनि भयो, यसमा म खुसी छु ।
अनि नयाँ फिल्महरु केही छन् ?
कुरा भइरहेको छ तर फाइनल भएको छैन । अनि अब म फेरि पढ्दैछु ।
कहाँ ?
इटहरीमा नै ।
के पढ्ने ?
बीकम । म त्यहीँ केही गर्छु भन्ने लागिरहेको छ ।
उसो भए बेस्ट अफ लक !




सौजन्यः नेपालीपत्र


Photo by nepalarab.com

Wednesday, March 25, 2009

किन अगाडी बढ्छन



किन अगाडी बढ्छन महिलाहरु नाङ्गिन? संसारमा किन बनाईन्छन महिलाहरुलाई नै सजावटको बस्तु? किन महिलाहरु नाङ्गो बन्न रुचाउँछन? यी सबै प्रस्नले मलाई कहिले काहीं सताईरहन्छ। जुनै पनि पत्रीका जुनै पनि बिज्ञापनमा महिला आधा वा पुरै नाङ्गो देखाउनु पर्ने। के यहि हो सभ्यता? यदि यसो हो भने हामी भन्दा ढुँगे युगनै सभ्य भएको देखिन्छ। उनीहरु सँग कपडा नभएर पनि रुखको बोक्रा उक्काएर कपडा बनाई लाउँथे रे। अहिले त दिनदिनै छाडा जता तता,पहिला पहिला युरोपेली मुलुक अमेरिकन हरु यस्ता थिए भन्थे हेर्ने पुग्नेहरु अहिले त हाम्रै काठमाडौ नम्बर १ मा नपरे पनि २,३ मा त पर्छ अबस्य। फोटो सेसन देखी लिएर सबैमा आफ्ना सबै गन्धे अंग देखाई नायीका वा नम्बर १ मोडल बन्न तम्सी रहेका छन। यसरी मोडल बन्ने रहरमा कहिले चुरोटको ठुटासंग झोसिन पुग्छन, कहिले ४०,५० भुसतिघ्रेको एक्लो सिकार बन्न पुग्छन। कहिले जंगलको बिचमा लाश बनिरहेका त कहिले बम्बैको रेड लाईट एरियामा आफ्नो बिगत सम्झेर रुईरहेका ताजा खबरहरु पढ्न पाईरहेका हुन्छौ, तरै पनि रोकिदैन आफ्नो गन्धे शरिर देखाई गिद्वहरुलाई आकर्षित गर्न। काठमाडौ शहर अहिले भयंकारी, प्रलयकारी रोग एड्सको पोका पार्नमा ब्यस्त छ। काठमाडौको गल्ली गल्लीमा प्लासिटक टिप्ने खाते, ट्याक्सी ड्राईभर, अनि छ्याङ बेच्ने ट्याम्पुले बोक्न नसक्ने आईमाई बिशेष गरेर ग्राहक बटुल्न खप्पिस हुन्छन। बाँकी मसाज केन्द्र यो रेस्ट्रुरेन्ट त बिदेशबाट भर्खर फर्केकालाई लुट्ने गोदाम भैहाले।

बाँकी लेख्दै जानेछु........!

उहि खड्डु तान्ने, काठमाडौको गन्धे गल्लीबाट

Wednesday, March 18, 2009

यौन अखडामा विदेशी युवती पनि !

ठमेलका यौन अखडामा विदेशी युवती पनि !

विगत एक महिनादेखि यिनीहरुको चियो गर्दै आउनु भएका ठमेल नर्सिङचोकका पश्मिना व्यापारी शिव माली 'बोलीको लवज सुन्दा यिनीहरूमध्ये कोही रसियन कोही युरोपेली र चिनियाँ जस्तो लाग्छन् तर एकीन भने थाहा भएन भन्छन् । उनले यी युवतीप्रति गरेको आशङ्कासँगै थप जानकारी खोज्दै जाँदा यो आशङ्का आशङ्कामा मात्र सीमित नभएर सत्यमा परिणत हुन्छ । यिनीहरु त साच्चै विदेशी युवती रहेछन् । यिनीहरु सोझै त्रिभुवन विमानस्थल हुँदै काठमाडौँ आएका हुन तर कौतुहलता लाग्न सक्छ के यिनीहरु घुम्न आएका हुन् त ? उत्तर छोटो छ, होइनन् । व्यापार गर्ने निहुँमा नेपाल भित्रिएका यिनीहरु विदेशी लत्ताकपडा तथा अन्य खाद्यवस्तुको व्यापार गर्न भने आएका होनन् । यिनीहरुको व्यापार हो, देहव्यापार ।
ठमेलका चार/पाँचवटा होटलहरुमा कोठा नै भाडामा लिएर महिनौ दिनदेखि बस्दै आएका यिनीहरुको प्रमुख पेशा नै देहव्यापार हो महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेमा कार्यरत प्रहरी नायब निरीक्षक शरणविक्रम शाह भन्नुहुन्छ । ठमेलका कतिपय पर्यटकीय होटलहरु चिनियाँ र रुसीलगायतका विदेशी नागरिकहरूले भाडामा लिएर चलाउन थालेपछि विदेशी युवतीहरूको देहव्यापारका लागि ठमेल क्षेत्रमा प्रवेश भएको हो । प्रहरी नायब निरीक्षक शाह भन्छन, ''ठमेलक्षेत्र डान्स, मसाज र क्याबिन रेष्टुराँजस्ता रात्रि व्यवसायका कारणले नभई विदेशी युवतीहरूको देह व्यापारमा बढ्दो
संलग्नताका कारण बदनामी हुँदैछ ।
देहव्यापारका लागि महँगो मूल्य असुले पनि खुल्ला रूपमा प्रस्तुत हुने युवतीहरूको सङ्ख्या ठमेल क्षेत्रमा मात्र तीन-चार दर्जन जति भएको हुनसक्ने अनुमान गरिएको छ । यिनीहरुका ग्राहक विदेशी पर्यटकहरु भन्दा नेपाली नै बढी भएको कुरा सुन्दा अनौठो लाग्न सक्छ । यी युवतीहरु बसोबास गर्ने होटलमा कार्यरत रायमाझी थरका एक युवकका अनुसार, यिनीहरुका अधिसङ्ख्यक ग्राहकहरु भनेका व्यापारीदेखि गाडी ड्राइभर र पर्यटक पथ प्रदर्शक रहेका छन् । हल्का नेपाली बोल्न जान्ने यिनीहरु देहव्यापार गर्न आउने आˆना नेपाली ग्राहकलाई 'नेपाली रफ' शब्द प्रयोग गर्न पनि पछि पर्दैनन् । ती युवक भन्छन्, 'गोरो छाला सिलिम र राम्री भएकाले हो कि केटी भने पछि नेपाली र विदेशीहरू उत्तिकै झुम्मिन्छन् ।'
आफू काम गर्ने होटलमा मात्र कति जना युवतीहरु छन् भन्ने कुरामा ती युवक नै अनभिज्ञ छन् । कहिले तीन जना हुन्छन् त कहिले पाँच जना लेखाजोखा नै हुँदैन कति जना आउँछन् भनेर उनी भन्छन्, सबै जनाको अनुहार देख्दा उस्तैउस्तै लाग्छ । दिउँसो भनी प्रायः होटल बाहिर कम निस्कने यिनीहरु कहाँ घुम्न जान्छन् भन्ने कुरामा पनि ती युवक परिचित छैनन् । होटल मालिकले यिनीहरुलाई गेस्टको रूपमा चिनाउने गरेका छन् । होटलको कोठा नै भाडा लिएर देहव्यापारलाई पेशाकै रुपमा अपनाउँदै आएका यी युवतीहरु परिचित नेपाली ग्राहकवाहेक अन्यसँग बोल्दै-बोल्दैनन् तर विदेशीहरुसँग भने खुलेरै कुरा गर्छन किनकि उनीहरुको पेशाको विरुद्ध विदेशीले सरकारलाई उजुरी नगरिदिने भएकाले पनि हुनसक्छ ।
त्यस्तैं, उनीहरु आफूले चिनेको व्यक्तिमार्फत आएकाहरुसँग मात्र देहव्यापार गर्ने गर्छन् । परिचित व्यक्ति छ भने खुलेरै कुरा गर्ने यी विदेशी युवतीहरुले कतिपयलाई दलालमार्फत फोन गरेरै बोलाउने गरेको रहस्यसमेत फेला परेको छ । प्रहरी नायब निरीक्षक शाहका अनुसार- ''विदेशी ग्राहकको खोजीमा कहिलेकाहीँ यिनीहरु राजधानीका पाँच तारे होटलसम्म पुग्छन । होटलको स्ट्याण्डरअनुसार शुल्क लिन्छन् । अपरिचित नेपालीसँग देहव्यापार गर्न पनि अलि सजग रहने यिनीहरु विदेशीसँग भने सडकमै मोलमोलाई गर्छन् प्रनानि शाहले भन्नुभयो ।
अवैध रूपमा विदेशी युवती लुकेर बसेको आशङ्कामा एकपटक प्रहरीले एउटा होटलमा छापा मार्दा केही युवतीलाई आवश्यक सोधपुछपछि छोडिदिएको थियो । रेष्टुरँा तथा होटल स्टाफका रूपमा आएका ती युवतीहरुको कोठामा समेत प्रहरीले छापा मारेकेा थियो तर कोठामा त्यस्तो कुनै शङ्का लाग्दो प्रमाण फेला नपरेपछि छोडेको हो । कतिपय युवा भने हिजोआज ठमेललाई 'विदेशीे माल' पाइने स्थानका रूपमा चिनाइरहेका छन् । ठमेलका रात्रि व्यवसायी दीपक गुरुङ 'टु पिसको डान्सलाई नाङ्गो नाच भन्ने सरकारले विदेशी युवतीको खुुल्ला देहव्यापारलाई प्रोत्साहन दिएको आरेाप लगाउनुहुन्छ ।
विदेशी नागरिकले चलाएका अधिकांश होटलमा विदेशी युवतीहरू नै छन् । कोही ठेकुवा गरेर भन्नसक्छ- के उनीहरु घुम्न र वेटर काम गर्न नेपाल आएका हुन त ? विदेशी युवतीलाई देहव्यापार गर्न छुट दिने तर हामीहरुलाई रेष्टुराँसमेत चलाएर खान नदिने वर्तमान सरकारका कारणले नै ठमेल 'भूमिगत रेड लाइट' क्षेत्र बन्दै छ । जो कोहीले पनि 'विदेशीको माल' भनेपछि ठमेलका होटलमा देहव्यापार गराउने विदेशी युवतीलाई सम्झन्छन्- रेष्टुराँ व्यवसायी गुरुङले भन्नुभयो ।
एक रातका लागि मात्र उनीहरुले प्रतिव्यक्ति पाँच हजारदेखि ५० हजार रुपियाँसम्म लिने गरेको भुक्तभोगी नेपालीहरु बताउँछन् । व्यापारी कारोबारको भिसा बनाएर काठमाडौं छिरेका यी युवतीहरु देहव्यापार गर्नका लागि हेड वेटर भनेर भिसाको म्याद पाउने गर्छन् भने कतिपयले होटल सञ्चालक सहयोगी भनेर भिसा थप्छन् । लत्ताकपडाको व्यापारसँगै देहव्यापार गर्न पनि विदेशी युवती भित्रिन थालेपछि ठमेलका पर्यटन व्यवसायी चिन्तित देखिन थालेका छन् । ठमेल पर्यटक विकास परिषद्का महासचिव रामशरण थपलिया- ''यो विकृतिको नियन्त्रणका लागि सरकारसँग सहकार्य गर्ने तयारी परिषद् रहेको बताउनुहुन्छ ।''
-देवबहादुर कुँवर
साभार: गोरखा पत्रीका

Wednesday, February 18, 2009

एउटा हत्या



"तँलाई सेक्स भढी चाहिने । मेरो सम्पत्ती पनि त्यसै असई ले खायो । त्यसका लागि तैंले मेरो सबथोक लिईस, अब तैंले लिने यही ज्यान हो । हिंजो पनि त्यही भातेलाई पोसिस् ।" यी वाक्य हुन पूर्व डी.आई.जी.ले आत्महत्या गर्नु अघी कोठाको भित्तामा मार्कर पेनले लेखेको सुसाईड नोट । २०६४ असार १६ गते यस्तो सुसाईड नोट लेखी आफुले आँफैंलाई गोली हानेर आत्महत्या गर्ने ब्यक्ती हुनडिल्लीबजार काठमाडौंका बल बहादुर के. सी.{D.I.G.} ।

जो नेपाल प्रहरिका पूर्व डी. आई. जी. हुन । उनले चुनदेबी स्थित आफ्नै निवासमा बिहानै बाह्रबोरको बन्दुकको ट्रीगर खुट्टाले दबाएर आफ्नै छातीमा गोली हानेका थिए । उनले आत्महत्या गर्नुको कारण आफ्नै कान्छी श्रीमती अञ्जु आफ्नै रहेको सुसाईड नोटमा फेला परेको छ ।
ती डी.आई.जी.ले भित्तामा लेखेको सुसाईड नोट अनुसार उनकी कान्छी श्रीमती अञ्जु आफ्नै अङ्गरक्षक असई सशस्त्र प्रहरी सरोज भन्ने सँग डी.आई.जी.को आँखा छली छली हर समय सेक्स गरेको, त्यही पिडा लाई खप्न नसकेर आत्महत्या गरेको भनेर पनि बुझिन्छ ।

Wednesday, January 21, 2009

लाहुरेहरु अन्याय सहदैनन ....???

रंगीन पर्दाबाट बल्न लागेको आगो.................,
संसारलाइ थाहा छ कि लाहुरेहरु अन्याय सहदैनन ।ज्यानको बाजी राखेर युद्धमा लडने लडने लाहुरेहरु सधै शिर ठाडो पारेर समाजमा बाँच्न चाहन्छन र बाँचेका छन्‍।लाहुरेसंग विस्वयुद्धमा संसारको मुटु थर्काएको ताजा इतिहास छ अनि कमाएको प्रतिष्ठा र स्वाभिमान पनि।म किन यो कुरा कोट्‍टाउदै छु भने गत हप्‍ता ढिलै भएपनि संयोगबस मैले"बिमोचन"मासिक पत्रिका(मंसीर ,२०६५) पढ्‍ने मौका पाए।त्यसमा पुर्वाग्रहि ढंगले लाहुरेको बेइज्यत गर्ने किसिमको कथाबस्तु रहेछ चलचित्रमा। कलिउड पेजमा ठुलो अक्षारमा "पुरुष बेश्या"को कथा "पलपलमा" भन्ने शिर्षाकमा लाहुरेको श्रीमतीको बारेमा सेक्सी सीनसहितको सनसनीपुर्णा कथा पढ्‍ने अवसर पाए।लाहुरे शब्द पढ्‍ने बितिकै उत्सुकता बढ्‍यो के के नै होला भनेर सायद आफु लाहुरे भएकोले होला यस सम्बन्धमा अझ बढि जान्ने कोशिस गरे।उकेश दाहालको निर्देशन,निर्माणा र कथा रहेको चलचित्र "पलपलमा" लाहुरेनिहरुले श्रीमानको अनुपस्तिथिमा कसरि पुरुष बेश्यालाइ पैशाले किनेर यौन प्यास मेटाउछन भन्ने देखाउन खोजीएको छ। आफ्नो श्रीमान(लाहुरे)संग लामो समयसंग यौन सम्पर्क गर्न नपाएपछि लाहुरेनिहरुले आफ्नो तिर्व यौन तृष्ण पुरुष बेश्यासंग मेटाउने गरेको कथा उक्त चलचित्रमा छ।सेक्सलाइ मुख्य आधार बनाएर बनाइएको उक्त चलचित्रमा विदेशबाट लाहुरेले पठाएको पैशाले लाहुरेनीले सेक्समा रोमान्स गरेको हट सिनहरु राखिएको बताइएको छ।अत्यन्त इमोसनले भरिपुर्ण उक्त चलचित्र "पलपलमा" रमित ढुङ्गाना,दिलीप रायमाझी ,विक्रान्त बस्नेत,दिलीप गौतम,सुमन सिंहलगायत नायकलेले पुरुष बेस्याको भुमिका निभाएका छन भने रुपा राना,सुजाता सिटौला ,उषा,शशि खड्‍का,असिम राना लगायतका नायिकाहरुले लाहुरेको श्रीमतीको भुमिका निभाएका छन्‍।लेखकको नाम उल्लेख नगरिएको बिमोचन पत्रिकाको मंसिर अंकलाइ सत्य मान्ने हो भने छोटकरिमा लाहुरेको श्रीमतीहरुले श्रीमानले पठाएको पैशाले पुरुष बेश्यासंग रोमान्स गरेको अति नै सेक्सी ,हट,इमोसनल सिनहरुले भरिपुर्ण फिल्मको नाम हो "पलपलमा"।समाजको जुनसुकै कथाबस्तुमा फिल्म बन्न सक्छ यसमा हाम्रो छैन तर आपति त्यति बेला मान्नु पर्ने हुन्छ जतिबेला फिल्मको इम्प्यक्ट ,म्यासेज खास वर्ग,क्षेत्र,पेसा,समुदायमा नकरात्मक जान्छ,बदनाम गर्छ,लज्जीत बनाउछ इज्यतमा आघात पार्छ।निरदेशक दाहालले सेक्स सम्बन्धी दिन खोजेको म्यासेजप्रति कसैको आपती हुनेछैन साथै समाजमा भएको सेक्सुवल घटनालाइ आधार बनाएर चलचित्र निर्माण गरेकोमा पनि असहमति छैन तर असमति र आपती यहानेर छ कि उक्त फिल्मको कथाबस्तुले पुरै लाहुरे समुदायलाइ बदनाम गराउने निर्देशक दाहालको पुवाग्रहि मनासय प्रति।के नेपाली समाजकमा पुरुष बेश्याको ग्राहक लाहुरेको श्रीमति मात्रै हो त?तेत्रो नेपालबाहिर गएका अरु विदेशिहरुको श्रीमति र नेपालकै पनि कतिपय श्रीमतिहरुचै किन निरदेशक दाहालले देखेनन जो पुरुष बेश्यासंग सेक्स गर्छन र लाहुरेकै श्रीमतीको नाम लीए यसमा ठुलो षाडयन्त्र छ लाहुरे समुदायलाइ बदनाम गर्ने ।अब हामी सचेत लाहुरेहरुले कदम चाल्ने बेला आएको छ।लाहुरेको परिचय र स्वाभिमान उच्च छ समाजमा।१,२ जना लाहुरेको श्रीमतीले पुरुष बेश्या संग यौन सम्पर्क राख्यो भन्दैमा सम्पुर्ण लाहुरेको श्रीमतिहरुलार्इ त्यसको दोष दिन मिल्दैन र सम्पुर्ण लाहुरेको श्रीमतीहरु यस्तै हुन भन्ने म्यासेज समाजमा जान सक्छ ,यो कुरा पैला सोच्नु भयो कि भएन दाहाल जी ।प्रतिष्ठित लाहुरे समुदायलाइ बदनाम गर्न लाहुरेका श्रीमतीहरुलाइ बेश्या संग सेक्स गरेको कथा चलचित्रमा प्रस्तुत गरेर लाहुरेहरुलाइ समाजमा नाक नै देखाउन अप्ठारो पार्ने चलचित्र बनाउने दाहाल को नियत कस्तो हो?भोलि यो चलचित्र रिलीज भएपछि नेपाली समाजले लाहुरेनिहरु नै नकारात्मक दृष्टिले नहेर्ला भन्न सकिन्न ,टोलटोलमा,चोकचोकमा,लाहुरेनीहरुलारइ नाक देखाउन लाजमर्दो हुनसक्छ ,समाजले कुरा काटन थाल्छ,बेइज्यत गराउछ लाहुरेलाइ,त्यसकारण्बाट यसरी लाहुरे समुदायलारइ बदनाम गराउने चलचित्रलाइ तत्काल प्रतिबन्द लगाउनु पर्छ र यो फिल्मको निर्माता ,निरदेशक माथि आवश्यक कारवाहि मा गर्नु जरुरी छ,कुनै पनि घटनालाइ आधार बनाएर पुरै समुदायलाइ इम्बारस गर्ने ,प्रतिष्ठामा आँच पुराउने चलचित्र बनाउने छुट कसैलाइ छैनअब हामी लाहुरेहरु तातिने बेला आएको छ, हाम्रो श्रीमतीको बदनाम गर्नु हाम्रो बदनाम गर्नु हो त्यसलै लाहुरे समुदयलाइ बदनाम गराउने किसीमको चलचित्र बनाउने अधिकार कसैलाइ छैन।यदि यो पत्रिकामा आएको कुरा सत्य हो भने हामी यो सहेर बस्ने छैनौ कानुनी प्रकि्रयामै गएर भएपनि अघाडि बढने बेला आएको छ।यो चलचित्र "पलपलमा"बारे सत्यतथ्य कुरा बुझ्नको लागि लाहुरे कवि नवराज ,त्यस्तै गरेर लाहुरे चलचित्र निरदेशक मिलन चाम्सहरुले नेपालमा सम्पर्क बढाएका छन् यदि यो विमोचन पत्रिकाकै सबैकुरा सहि ठहरिएमा उक्त चलचित्रलार्इ तत्काल प्रदर्शन हुनबाट रोक्न सेन्सरसीप लगाउनु जरुरी छ।नत्र यदि हामी चुपचाप सहेर बस्ने हो भने भोली समाजमा लाहुरेको बेइज्यत हुन्छ र लाहुरे समुदाय इम्बारस सहनुपर्छ ।त्यसैले अब हामी सम्पुर्ण लाहुरेले निरदेशक
उकेश दाहाललार्इ लाहुरेको पावर देखाउने बेला आएको छ उकेश जी सावधान

 
साभार: मुलबाटो डटकम


लेखक: अप्जसे कान्छा

Thursday, January 1, 2009

दुस्साहसी युवा


घटनाः ब्लू फिल्म निर्माण

स्थानः धरान

२०४६ सालमा खानेपानी संस्थान, सुनसरीका तत्कालीन सुपरभाइजर राम ठकुरी, संस्थानकै पम्प सेक्सनका जीवछ पासवान, मिटर रिडर सुवर्ण भुजेल, धरान, चतराका प्रताप थापा र पालिखे रेडियोका क्यामरामेन नरेन्द्र श्रेष्ठले मिलेर ब्लू फिल्म बनाए। त्यसमा सीता परियार र शान्ति घिसिङलाई नायिका बनाएर खेलाइयो।
व्यावसायिक दृष्टिकोणले बनाइएको सवा घण्टा लामो उक्त फिल्म खानेपानी संस्थानको कार्यालय भवनभित्र र सेउती खोलाको नजिक खुला स्थानमा खिचिएको छ। यो फिल्मलाई लिएर क्यामेरामेन श्रेष्ठलाई केही दिन हिरासतमा राखिएको थियो भने ठकुरी र दुई नायिकालाई जेल सजाय समेत गरिएको थियो।

साभार: कामना मासिक पत्रीका

ग्ल्यामरको दुरुपयोग


घटनाः यौनशोषण

स्थानः काठमाडौं र इटहरी

२०६१ फागुनको पहिलो साता प्रहरीले गायक तथा टीभी कार्यक्रम निर्माता प्रकाश झालाई तीन बालिकाहरूको यौनशोषण गरेको तथा उनीहरूको नग्न भिडियो टेप तयार गरी बिक्रीको नियत राखेको र वेश्यावृत्तिको लागि बाध्य पारेको भन्दै पक्राउ गर्‍यो। झ्द्वारा पीडित ती बालिकाहरूमा ज्योति खड्का, उनकी बहिनी र तेस्री इटहरीकै सिग्देल थरकी एक बालिका थिए। झाले फिल्ममा खेलाउने प्रलोभनमा काठमाडौँ र इटहरीमा ती बालिकाहरूको फिल्म खिचेका थिए।
तीते करेली निर्माण समूहका शिशिर सुवेदी र झ्ाबीच टेलिसिरियल सम्बन्धी विवाद बढेपछि उक्त फिल्म सुवेदीले सार्वजनिक गरिदिएका थिए। झा करिब एक वर्ष जेल बसेर अहिले गायन र चलचित्र अभिनयमा नै फर्किएका छन्।

मुख देखाउनै लाज



घटनाः विवाहेत्तर सम्बन्ध


स्थानः बेलायत
२०६२ सालमा पहिलो छुट्टी लिएर काठमाडाँै विमानस्थल र्लिएका धरानका राई थरका एक लाहुरे घर नगई काठमाडौँबाटै बेलायत फर्किए। आफ्नी प्रेमिकासँग बेलायतको एक होटलमा खिचिएको ब्लू फिल्म देशभर फैलिएको जानकारी एक साथीबाट पाएपछि उनी चार दिन काठमाडौँ बसेर उतै फर्किएका थिए। त्यसयता उनी घर आएका छैनन्।
घर पठाएको कम्प्युटर बिग्रिएपछि बनाउन दिँदा उक्त फिल्म सार्वजनिक भएको हो। विभिन्न आसन र अश्लील संवादसहित साथीको श्रीमतीसँग खिचिएको उक्त फिल्म एक घण्टाभन्दा लामो छ। आफ्नै छोरीलाई अर्काे पुरुषसँग लहसिएको देखेपछि युवतीका बुबाले आत्महत्याको प्रयास समेत गरेका थिए। युवती पनि त्यसयता नेपाल आएकी छैनन्।

प्रेममा धोका


घटनाः ब्लू फिल्म निर्माण
स्थानः गोवा, भारत


मेरो नाम डोल्मा हो। अहिले ३० वर्ष पुगेँ। हाम्रो परिवार तिब्बतबाट आएर पोखरामा बसेको हो। मैले पोखराको लेकसाइडमा क्युरियो पसल गर्दै आएकी थिएँ। नेदरल्याण्डको एउटा विदेशीसँग पसलमा सामान किन्न आउने बेलामा चिनजान भयो। यसबीच हाम्रो शारीरिक सम्बन्ध पनि भयो। हामी घुम्नका लागि भारतको गोवा पुग्यांै। उसले मलाई करिब तीन हजार डलर पनि दियो।

गोवामा पुगेर पनि सहमतिमा ऊसँग यौन सम्बन्ध राखेँ। तर जुन भिडियो सार्वजनिक भयो त्यसका बारेमा मलाई जानकारी थिएन। उसैले मलाई इ-मेल गरेर त्यसबारे जानकारी दिएको थियो। मलाई साह्रै रिस उठ्यो। उसले मलाई बिहेको प्रस्ताव राखेको थियो, तर मैले मानिनँ। शायद त्यसैको रिसमा त्यस्तो गरेको होला। मैले उसलाई विश्वास गरेर सबै काम गरेँ। त्यो सब माया र विश्वासमा भएको कुरा हो। पछि उसले आफ्ना साथीहरूमार्फत भिडियो पोखरामा पनि पठाएको थाहा पाएँ। मलाई अहिले झ्न् तनाव भएको छ। पसल पनि लगातार खोल्न सकिरहेकी छैन।

कोकशास्त्रका गुरु



घटनाः यौन शोषण
स्थानः बाँके



आफ्नै छात्रासँग यौनसम्बन्ध राखेर मोबाइल फोनको क्यामेराबाट त्यसको दृश्य खिच्ने र त्यसैको आडमा उनलाई धम्क्याउँदै वर्षौं यौनसम्पर्क राख्ने सप्तरीका शिक्षक जीवछ यादव अहिले प्रहरी खोरमा छन्। बाँके, धकेेरीस्थित गणेश माध्यमिक विद्यालयमा गणित पढाउने ती शिक्षकले तयार पारेको फिल्मको डीसहित प्रहरीले उनलाई पक्राउ गरेको हो। यादवले ती छात्रासँग ८ कक्षामा पढ्दैदेखि शुरुमा ललाइफकाइ र पछि ब्ल्याकमेल गरेर यौनसम्बन्ध राख्दै आएका थिए।

हाल उच्च माविको पढाइ सिध्याइसकेकी ती छात्राले गएको महिना दिएको उजुरीमा यादवसँग तीन-चार वर्षदेखि यौन सम्पर्क रहँदै आएको र पछिल्लो समय त्यसको सीडी र फोटो देखाएर ब्ल्याकमेल गरी मानसिक यातना दिनथालेकोले प्रहरीमा आउनुपरेको बताएकी छन्।