Monday, November 9, 2009

सिमाना अतिक्रमण

चीनको तयारी
सिमाना अतिक्रमण यो शब्द सँग नेपाल अछुतो छैन, यो शब्दको पिंडित नेपाल पनि हो भने आज हाम्रो छिमेकी मुलुक भारतलाई पनि यहिं बिमारले सताउन थालेको छ। उसलाई पनि सिमानामा अतिक्रमण हुँदा कस्तो महसुस हुन्छ त्यो आफ्नो बिभिन्न दुरदर्शन मार्फत बाहिर ल्याउन थालेको छ। यस्ता शक्तीशाली राष्ट्र भारतलाई यसरी सताउन सक्ने अरु देश नभएर हाम्रो उत्तरी सिमानासँग जोडिएको चीनलाई अतिक्रमण गरेको आरोप लगाएको छ। भारत र चीनको बोर्डरमा पर्ने दक्षिणी लद्दाख भन्ने ठाउँमा चाईनिज सेनाले अतिक्रमण गरेर त्यहाँका भार
चीनको तयारी
ती जनताको जिबन अस्तब्यस्त बनाएको आरोप भारतले लगाएको छ। आज यहीं मुख्य बिषय बनाएर भारतले दक्षिणी लद्दाखमा आफ्नो सुरक्षार्थ बिमानस्थल बनाएको केही समय नबित्दै त्यसको जवाफको रुपमा चीनले पनि तिब्बतमा आफ्नो चौथो बिमानस्थल बनाएको छ यो चीनभरिकै चौंथो बिमानस्थलमा पर्दछ भन्ने दुरदर्शनले जनाएको छ। भारत र चीन दुबैले आ-आफ्नो सिमानामा लडाकु सैनिक र बिभिन्न तयारी गरिरहेको पनि दुरदर्शन मार्फत प्रकाशनमा आएको छ। भारतले १९६२ को सम्झना गर्दै चीनको तयारी आपत्तीजनक रहेको जनाउदै आएको छ। उता पाकिस्तान जम्मुकस्मिरमा आफ्नो लगातार सकृयता जनाईराखेको अवस्थामा चीनको यो तयारी भारतलाई खतराको घण्टी हुन सक्ने जनाईएको छ।

चीन र भारतको बिचमा एउटा कारक तत्वको रुपमा खडा तिब्बती धर्मगुरु दलाई लामा यसका बिषय बनेका छन। तिब्बती धर्मगुरु दलाई लामा भारतमा शरण लिएर बिगत ४३ बर्ष देखी चीन बिरोधी कार्य गरेको र दलाई लामालाई भारतले शरण दिएर चीनको खिलाफ काम गरेको आरोप चीनले भारतलाई लगाउँदै आएको छ।

यो दुई देश बिचको तनाव अब युद्वमा नै परिणत हुने भन्ने भारतिय दुरदर्शनले जनाएको पाइएको छ, किनकी चीनको आक्रमणलाई प्रत्याक्रमण गर्न भारत तयार रहेको प्रमुख भारतिय समाचार एजेन्सी जीन्युजले जनाएको छ।

No comments: