Thursday, January 1, 2009

ग्ल्यामरको दुरुपयोग


घटनाः यौनशोषण

स्थानः काठमाडौं र इटहरी

२०६१ फागुनको पहिलो साता प्रहरीले गायक तथा टीभी कार्यक्रम निर्माता प्रकाश झालाई तीन बालिकाहरूको यौनशोषण गरेको तथा उनीहरूको नग्न भिडियो टेप तयार गरी बिक्रीको नियत राखेको र वेश्यावृत्तिको लागि बाध्य पारेको भन्दै पक्राउ गर्‍यो। झ्द्वारा पीडित ती बालिकाहरूमा ज्योति खड्का, उनकी बहिनी र तेस्री इटहरीकै सिग्देल थरकी एक बालिका थिए। झाले फिल्ममा खेलाउने प्रलोभनमा काठमाडौँ र इटहरीमा ती बालिकाहरूको फिल्म खिचेका थिए।
तीते करेली निर्माण समूहका शिशिर सुवेदी र झ्ाबीच टेलिसिरियल सम्बन्धी विवाद बढेपछि उक्त फिल्म सुवेदीले सार्वजनिक गरिदिएका थिए। झा करिब एक वर्ष जेल बसेर अहिले गायन र चलचित्र अभिनयमा नै फर्किएका छन्।

No comments: