Thursday, January 1, 2009

मुख देखाउनै लाज



घटनाः विवाहेत्तर सम्बन्ध


स्थानः बेलायत
२०६२ सालमा पहिलो छुट्टी लिएर काठमाडाँै विमानस्थल र्लिएका धरानका राई थरका एक लाहुरे घर नगई काठमाडौँबाटै बेलायत फर्किए। आफ्नी प्रेमिकासँग बेलायतको एक होटलमा खिचिएको ब्लू फिल्म देशभर फैलिएको जानकारी एक साथीबाट पाएपछि उनी चार दिन काठमाडौँ बसेर उतै फर्किएका थिए। त्यसयता उनी घर आएका छैनन्।
घर पठाएको कम्प्युटर बिग्रिएपछि बनाउन दिँदा उक्त फिल्म सार्वजनिक भएको हो। विभिन्न आसन र अश्लील संवादसहित साथीको श्रीमतीसँग खिचिएको उक्त फिल्म एक घण्टाभन्दा लामो छ। आफ्नै छोरीलाई अर्काे पुरुषसँग लहसिएको देखेपछि युवतीका बुबाले आत्महत्याको प्रयास समेत गरेका थिए। युवती पनि त्यसयता नेपाल आएकी छैनन्।

No comments: