Wednesday, March 18, 2009

यौन अखडामा विदेशी युवती पनि !

ठमेलका यौन अखडामा विदेशी युवती पनि !

विगत एक महिनादेखि यिनीहरुको चियो गर्दै आउनु भएका ठमेल नर्सिङचोकका पश्मिना व्यापारी शिव माली 'बोलीको लवज सुन्दा यिनीहरूमध्ये कोही रसियन कोही युरोपेली र चिनियाँ जस्तो लाग्छन् तर एकीन भने थाहा भएन भन्छन् । उनले यी युवतीप्रति गरेको आशङ्कासँगै थप जानकारी खोज्दै जाँदा यो आशङ्का आशङ्कामा मात्र सीमित नभएर सत्यमा परिणत हुन्छ । यिनीहरु त साच्चै विदेशी युवती रहेछन् । यिनीहरु सोझै त्रिभुवन विमानस्थल हुँदै काठमाडौँ आएका हुन तर कौतुहलता लाग्न सक्छ के यिनीहरु घुम्न आएका हुन् त ? उत्तर छोटो छ, होइनन् । व्यापार गर्ने निहुँमा नेपाल भित्रिएका यिनीहरु विदेशी लत्ताकपडा तथा अन्य खाद्यवस्तुको व्यापार गर्न भने आएका होनन् । यिनीहरुको व्यापार हो, देहव्यापार ।
ठमेलका चार/पाँचवटा होटलहरुमा कोठा नै भाडामा लिएर महिनौ दिनदेखि बस्दै आएका यिनीहरुको प्रमुख पेशा नै देहव्यापार हो महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेमा कार्यरत प्रहरी नायब निरीक्षक शरणविक्रम शाह भन्नुहुन्छ । ठमेलका कतिपय पर्यटकीय होटलहरु चिनियाँ र रुसीलगायतका विदेशी नागरिकहरूले भाडामा लिएर चलाउन थालेपछि विदेशी युवतीहरूको देहव्यापारका लागि ठमेल क्षेत्रमा प्रवेश भएको हो । प्रहरी नायब निरीक्षक शाह भन्छन, ''ठमेलक्षेत्र डान्स, मसाज र क्याबिन रेष्टुराँजस्ता रात्रि व्यवसायका कारणले नभई विदेशी युवतीहरूको देह व्यापारमा बढ्दो
संलग्नताका कारण बदनामी हुँदैछ ।
देहव्यापारका लागि महँगो मूल्य असुले पनि खुल्ला रूपमा प्रस्तुत हुने युवतीहरूको सङ्ख्या ठमेल क्षेत्रमा मात्र तीन-चार दर्जन जति भएको हुनसक्ने अनुमान गरिएको छ । यिनीहरुका ग्राहक विदेशी पर्यटकहरु भन्दा नेपाली नै बढी भएको कुरा सुन्दा अनौठो लाग्न सक्छ । यी युवतीहरु बसोबास गर्ने होटलमा कार्यरत रायमाझी थरका एक युवकका अनुसार, यिनीहरुका अधिसङ्ख्यक ग्राहकहरु भनेका व्यापारीदेखि गाडी ड्राइभर र पर्यटक पथ प्रदर्शक रहेका छन् । हल्का नेपाली बोल्न जान्ने यिनीहरु देहव्यापार गर्न आउने आˆना नेपाली ग्राहकलाई 'नेपाली रफ' शब्द प्रयोग गर्न पनि पछि पर्दैनन् । ती युवक भन्छन्, 'गोरो छाला सिलिम र राम्री भएकाले हो कि केटी भने पछि नेपाली र विदेशीहरू उत्तिकै झुम्मिन्छन् ।'
आफू काम गर्ने होटलमा मात्र कति जना युवतीहरु छन् भन्ने कुरामा ती युवक नै अनभिज्ञ छन् । कहिले तीन जना हुन्छन् त कहिले पाँच जना लेखाजोखा नै हुँदैन कति जना आउँछन् भनेर उनी भन्छन्, सबै जनाको अनुहार देख्दा उस्तैउस्तै लाग्छ । दिउँसो भनी प्रायः होटल बाहिर कम निस्कने यिनीहरु कहाँ घुम्न जान्छन् भन्ने कुरामा पनि ती युवक परिचित छैनन् । होटल मालिकले यिनीहरुलाई गेस्टको रूपमा चिनाउने गरेका छन् । होटलको कोठा नै भाडा लिएर देहव्यापारलाई पेशाकै रुपमा अपनाउँदै आएका यी युवतीहरु परिचित नेपाली ग्राहकवाहेक अन्यसँग बोल्दै-बोल्दैनन् तर विदेशीहरुसँग भने खुलेरै कुरा गर्छन किनकि उनीहरुको पेशाको विरुद्ध विदेशीले सरकारलाई उजुरी नगरिदिने भएकाले पनि हुनसक्छ ।
त्यस्तैं, उनीहरु आफूले चिनेको व्यक्तिमार्फत आएकाहरुसँग मात्र देहव्यापार गर्ने गर्छन् । परिचित व्यक्ति छ भने खुलेरै कुरा गर्ने यी विदेशी युवतीहरुले कतिपयलाई दलालमार्फत फोन गरेरै बोलाउने गरेको रहस्यसमेत फेला परेको छ । प्रहरी नायब निरीक्षक शाहका अनुसार- ''विदेशी ग्राहकको खोजीमा कहिलेकाहीँ यिनीहरु राजधानीका पाँच तारे होटलसम्म पुग्छन । होटलको स्ट्याण्डरअनुसार शुल्क लिन्छन् । अपरिचित नेपालीसँग देहव्यापार गर्न पनि अलि सजग रहने यिनीहरु विदेशीसँग भने सडकमै मोलमोलाई गर्छन् प्रनानि शाहले भन्नुभयो ।
अवैध रूपमा विदेशी युवती लुकेर बसेको आशङ्कामा एकपटक प्रहरीले एउटा होटलमा छापा मार्दा केही युवतीलाई आवश्यक सोधपुछपछि छोडिदिएको थियो । रेष्टुरँा तथा होटल स्टाफका रूपमा आएका ती युवतीहरुको कोठामा समेत प्रहरीले छापा मारेकेा थियो तर कोठामा त्यस्तो कुनै शङ्का लाग्दो प्रमाण फेला नपरेपछि छोडेको हो । कतिपय युवा भने हिजोआज ठमेललाई 'विदेशीे माल' पाइने स्थानका रूपमा चिनाइरहेका छन् । ठमेलका रात्रि व्यवसायी दीपक गुरुङ 'टु पिसको डान्सलाई नाङ्गो नाच भन्ने सरकारले विदेशी युवतीको खुुल्ला देहव्यापारलाई प्रोत्साहन दिएको आरेाप लगाउनुहुन्छ ।
विदेशी नागरिकले चलाएका अधिकांश होटलमा विदेशी युवतीहरू नै छन् । कोही ठेकुवा गरेर भन्नसक्छ- के उनीहरु घुम्न र वेटर काम गर्न नेपाल आएका हुन त ? विदेशी युवतीलाई देहव्यापार गर्न छुट दिने तर हामीहरुलाई रेष्टुराँसमेत चलाएर खान नदिने वर्तमान सरकारका कारणले नै ठमेल 'भूमिगत रेड लाइट' क्षेत्र बन्दै छ । जो कोहीले पनि 'विदेशीको माल' भनेपछि ठमेलका होटलमा देहव्यापार गराउने विदेशी युवतीलाई सम्झन्छन्- रेष्टुराँ व्यवसायी गुरुङले भन्नुभयो ।
एक रातका लागि मात्र उनीहरुले प्रतिव्यक्ति पाँच हजारदेखि ५० हजार रुपियाँसम्म लिने गरेको भुक्तभोगी नेपालीहरु बताउँछन् । व्यापारी कारोबारको भिसा बनाएर काठमाडौं छिरेका यी युवतीहरु देहव्यापार गर्नका लागि हेड वेटर भनेर भिसाको म्याद पाउने गर्छन् भने कतिपयले होटल सञ्चालक सहयोगी भनेर भिसा थप्छन् । लत्ताकपडाको व्यापारसँगै देहव्यापार गर्न पनि विदेशी युवती भित्रिन थालेपछि ठमेलका पर्यटन व्यवसायी चिन्तित देखिन थालेका छन् । ठमेल पर्यटक विकास परिषद्का महासचिव रामशरण थपलिया- ''यो विकृतिको नियन्त्रणका लागि सरकारसँग सहकार्य गर्ने तयारी परिषद् रहेको बताउनुहुन्छ ।''
-देवबहादुर कुँवर
साभार: गोरखा पत्रीका

3 comments:

Unknown said...

Lau garnu garyo balaram bhaisee paalera, ,,,,,, hahahhahha

Basanta said...

यस्तै हो हाम्रो नेपाल! जो पनि पस्ने, जता पनि पस्ने भएको छ अचेल:)

World is a Dramma..! said...

Thank you alots for the coment
BJ and Basanta G.