Wednesday, March 25, 2009

किन अगाडी बढ्छन



किन अगाडी बढ्छन महिलाहरु नाङ्गिन? संसारमा किन बनाईन्छन महिलाहरुलाई नै सजावटको बस्तु? किन महिलाहरु नाङ्गो बन्न रुचाउँछन? यी सबै प्रस्नले मलाई कहिले काहीं सताईरहन्छ। जुनै पनि पत्रीका जुनै पनि बिज्ञापनमा महिला आधा वा पुरै नाङ्गो देखाउनु पर्ने। के यहि हो सभ्यता? यदि यसो हो भने हामी भन्दा ढुँगे युगनै सभ्य भएको देखिन्छ। उनीहरु सँग कपडा नभएर पनि रुखको बोक्रा उक्काएर कपडा बनाई लाउँथे रे। अहिले त दिनदिनै छाडा जता तता,पहिला पहिला युरोपेली मुलुक अमेरिकन हरु यस्ता थिए भन्थे हेर्ने पुग्नेहरु अहिले त हाम्रै काठमाडौ नम्बर १ मा नपरे पनि २,३ मा त पर्छ अबस्य। फोटो सेसन देखी लिएर सबैमा आफ्ना सबै गन्धे अंग देखाई नायीका वा नम्बर १ मोडल बन्न तम्सी रहेका छन। यसरी मोडल बन्ने रहरमा कहिले चुरोटको ठुटासंग झोसिन पुग्छन, कहिले ४०,५० भुसतिघ्रेको एक्लो सिकार बन्न पुग्छन। कहिले जंगलको बिचमा लाश बनिरहेका त कहिले बम्बैको रेड लाईट एरियामा आफ्नो बिगत सम्झेर रुईरहेका ताजा खबरहरु पढ्न पाईरहेका हुन्छौ, तरै पनि रोकिदैन आफ्नो गन्धे शरिर देखाई गिद्वहरुलाई आकर्षित गर्न। काठमाडौ शहर अहिले भयंकारी, प्रलयकारी रोग एड्सको पोका पार्नमा ब्यस्त छ। काठमाडौको गल्ली गल्लीमा प्लासिटक टिप्ने खाते, ट्याक्सी ड्राईभर, अनि छ्याङ बेच्ने ट्याम्पुले बोक्न नसक्ने आईमाई बिशेष गरेर ग्राहक बटुल्न खप्पिस हुन्छन। बाँकी मसाज केन्द्र यो रेस्ट्रुरेन्ट त बिदेशबाट भर्खर फर्केकालाई लुट्ने गोदाम भैहाले।

बाँकी लेख्दै जानेछु........!

उहि खड्डु तान्ने, काठमाडौको गन्धे गल्लीबाट

1 comment:

Dangol Raju said...

baafre baaf ke sachchikai ho ta??????