Friday, August 7, 2009

गोरु जोत्ने महिलालाई शिक्षिकाद्वारा दुर्व्यवहार

गोरु जोतेकै कारण छिमेकी महिलालाई एक शिक्षिकाले दुर्व्यवहार गरी गाउँ निकाला गर्ने धम्की दिएकी छिन्।

मार्पाक गाविस-३ की २३ वषीर्या सुषमा तामाङलाई गोरु जोतेको आरोपमा पञ्चकन्या प्राथमिक विद्यालयकी शिक्षिकाले अरू मानिसहरूलाई समेत जम्मा गर्राई गाउँ निकालाको धम्की दिँदै दुर्व्यवहार गरेकी हुन्।

तामाङले गाउँमा काम गर्ने मानिस नपाइएपछि गोरु जोतेकाले उनलाई गाउँबासीले भातपानी काढ्दै मेला पर्म नगर्ने तथा उसैले गर्दा यो वर्षपानी नपरेकाले गाउँमै बस्न नदिने भन्दै पटकपटक धम्की दिँदै आएकी छन्। शिक्षिकाले मेलामा जम्मा भएका मानिस जम्मा पारी अपशब्द बोलेर बेइजज्ती गरेको सुषमाले बिहीबार बताइन्।

सुषमाले सदरमुकाममा प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापा, प्रहरी निरीक्षक उद्धव भारती, राजनीतिक दलका नेता तथा मानवअधिकारकर्मी, नागरिक समाजका प्रतिनिधिहरूसमक्ष न्याय दिलाइदिन र पीडकहरूलाई कारबाही गर्न माग गरेकी छिन्।

घटनामा सम्लग्न शिक्षिकासहितलाई कारबाही गर्न माग गर्दै महिला मानवअधिकार रक्षक जिल्ला सञ्जाल, इन्सेक, महिला सुरक्षादबाब समूह, महिला सचेतना केन्द्रले बिहीबार प्रेस विज्ञप्ति प्रकाशन गरी सुषमाको सुरक्षाको माग गरेको छ।

सुषमाको पति शमशेर तामाङ विदेश भएको र खेत रोप्ने बेलामा गोरु जोतिदिने मानिस गाउँमा नपाएकाले खेत बाँझो राख्नुभन्दा आफैंले गोरु जोत्नु राम्रो भनेर आफ्नो काम गरेकी थिइन्। आफै गाउँ छोडेर नगए गाउँले मिलेर गाउँ निकाला गर्ने कुरा भइरहेको पीडितले जानकारी दिइन्।

आफ्नो ७ वर्षो छोरा र आफू आफ्नै घरमा बस्दै आएकोमा गाउँलेको डरले अहिले उनी सासूससुराको घरसँगै जोडिएको गोठमा बस्न बाध्य भएको र सासूससुराले पनि गाउँका केटाहरू लगाएर गाउँ निकाल्ने धम्की दिइरहेको पीडितले जानकारी दिँदै आफूलाई न्याय दिलाउन सरोकारवालासमक्ष आग्रह गरिन्।

Source : नेपाल समाचारपत्र, (धादिङ)

2 comments:

lingkupitang said...

I really shocked coz of this post, Teachers are should have adjustbale mind for all those problem but they are the making problem this is not aacceptable.

anyway thank you for nice info.

Sabin Rai said...

yo ta saachcheekai bado ghin laagdo karya gare ti teacher le sichchhyak tyastaa chhan bhane tyo samaj khaile fastaauchha?