Thursday, January 1, 2009

कोकशास्त्रका गुरु



घटनाः यौन शोषण
स्थानः बाँके



आफ्नै छात्रासँग यौनसम्बन्ध राखेर मोबाइल फोनको क्यामेराबाट त्यसको दृश्य खिच्ने र त्यसैको आडमा उनलाई धम्क्याउँदै वर्षौं यौनसम्पर्क राख्ने सप्तरीका शिक्षक जीवछ यादव अहिले प्रहरी खोरमा छन्। बाँके, धकेेरीस्थित गणेश माध्यमिक विद्यालयमा गणित पढाउने ती शिक्षकले तयार पारेको फिल्मको डीसहित प्रहरीले उनलाई पक्राउ गरेको हो। यादवले ती छात्रासँग ८ कक्षामा पढ्दैदेखि शुरुमा ललाइफकाइ र पछि ब्ल्याकमेल गरेर यौनसम्बन्ध राख्दै आएका थिए।

हाल उच्च माविको पढाइ सिध्याइसकेकी ती छात्राले गएको महिना दिएको उजुरीमा यादवसँग तीन-चार वर्षदेखि यौन सम्पर्क रहँदै आएको र पछिल्लो समय त्यसको सीडी र फोटो देखाएर ब्ल्याकमेल गरी मानसिक यातना दिनथालेकोले प्रहरीमा आउनुपरेको बताएकी छन्।

No comments: