Thursday, January 1, 2009

प्रेममा धोका


घटनाः ब्लू फिल्म निर्माण
स्थानः गोवा, भारत


मेरो नाम डोल्मा हो। अहिले ३० वर्ष पुगेँ। हाम्रो परिवार तिब्बतबाट आएर पोखरामा बसेको हो। मैले पोखराको लेकसाइडमा क्युरियो पसल गर्दै आएकी थिएँ। नेदरल्याण्डको एउटा विदेशीसँग पसलमा सामान किन्न आउने बेलामा चिनजान भयो। यसबीच हाम्रो शारीरिक सम्बन्ध पनि भयो। हामी घुम्नका लागि भारतको गोवा पुग्यांै। उसले मलाई करिब तीन हजार डलर पनि दियो।

गोवामा पुगेर पनि सहमतिमा ऊसँग यौन सम्बन्ध राखेँ। तर जुन भिडियो सार्वजनिक भयो त्यसका बारेमा मलाई जानकारी थिएन। उसैले मलाई इ-मेल गरेर त्यसबारे जानकारी दिएको थियो। मलाई साह्रै रिस उठ्यो। उसले मलाई बिहेको प्रस्ताव राखेको थियो, तर मैले मानिनँ। शायद त्यसैको रिसमा त्यस्तो गरेको होला। मैले उसलाई विश्वास गरेर सबै काम गरेँ। त्यो सब माया र विश्वासमा भएको कुरा हो। पछि उसले आफ्ना साथीहरूमार्फत भिडियो पोखरामा पनि पठाएको थाहा पाएँ। मलाई अहिले झ्न् तनाव भएको छ। पसल पनि लगातार खोल्न सकिरहेकी छैन।

No comments: