Thursday, January 1, 2009

लेखाजोखा

नायिका बनाउँछु भन्दै..............!
घटनाः ब्लू फिल्म निर्माण
स्थानः महेन्द्रनगर
आफूले छायाङ्कन गरेको देउडा गीतमा मोडलिङ गरेकी एक स्थानीय थारू मोडललाई थारू भाषामै बन्ने सिनेमाकी नायिका बनाउने आश्वासन दिएर ब्लू फिल्म बनाउने तेज चन्द हाल फरार छन्। कञ्चनपुरको महेन्द्रनगरस्थित क्याम्पस रोडमा अप्सन मूभी नामक प्रोडक्सन हाउस चलाइरहेका उनले सो चलचित्र आफ्नै स्टुडियोमा खिचेका थिए।
३७ मिनेट लामो उक्त सिनेमा चन्दका सहयोगी दीपक ठगुन्नाले कम्प्युटरबाट निकालेर स्थानीय भिडियो पसले पुष्कर भट्टलाई रु.५ हजारमा बेचिदिए। भट्ट चन्दका व्यावसायिक साझ्दार थिए र केही समयदेखि उनीहरूबीच लेनदेनको विवाद चलिरहेको थियो। सीडी सार्वजनिक गर्ने धम्की दिँदै चन्दसँग पैसा उठाउन खोजेका उनले युवतीसँग यौन सम्पर्क राख्न पनि चाहेका थिए। तर युवतीले अस्वीकार गरेपछि भट्टले सीडी एक मोबाइल पसलेलाई रु.१० हजारमा बेचे। वैशाखको पहिलो साता बजारमा आएको यो सीडी रु.५०० सम्ममा सुदूरपश्चिम क्षेत्रका सबैजसो भिडियो पार्लर र भारतको वनबासामा समेत बिक्री भइरहेको छ।
सीडी बजारमा आएपछि चन्द र थारू भारतको उत्तराञ्चल पुगेका छन्। आफूहरूले हेर्न मात्र ती दृश्य खिचिएको बताउने चन्द भन्छन्, “सीडी सार्वजनिक भएपछि घर फर्कन सकेका छैनौँ।”

No comments: