Monday, May 18, 2009

जंगल क्वीन






जेसिका खड्काले केही वर्षअघि मात्र टिनएज काटेकी छिन् । उनी अहिले चलचित्र नायिकाका रुपमा जम्ने प्रयास गर्दै छिन् । उनले अभिनय गरेको दोस्रो फिल्म "जंगल क्वीन" राम्रो चलेका कारण उनको चर्चा सुरु भएको छ । एकताका उनी प्रकाश ओझाको यौन प्रकरणमा सीधा मुछिएकी थिइन् । त्यही प्रकरणका कारण उनले जीवनमा सोच्दै नसोचेको अवस्था भोग्नुपर्यो । उनीमाथि अनेक आक्षेप आए । ती आक्षेपका कारण उनले आत्महत्या गर्नेसम्मको सोच बनाइन् । धेरैले उनलाई पतीत व्यक्तिका रुपमा व्यवहार गरे । केही थोरै व्यक्तिले मात्र उनीमाथि मान्छेजस्तो व्यवहार गरे । अहिले उनी ती पुराना दिन सम्झन पनि चाहन्नन् तर उनीसितै त्यो विगत जोडिएका कारण हरेक पटक उनको त्यो विगत कोट्याइने गरिन्छ । जस्तो कि यस पटकको अन्तरवार्ता पनि त्यो विगतबिना पूरा हुँदैन थियो तर प्रायः उनी अधिकांश समय मौन बसिन् । कल्पनै नगरेको हेला र दुव्र्यवहार उनले यस बीचमा पाइन् तर उनको हिम्मत कस्तोसँग बढेको छ भने अब उनी एक्लै जीवनमा संघर्ष गर्नसक्ने भएर निस्किएकी छिन् । तिनै ज्योति खड्का कसरी जेसिका बनिन्, उनीसित अच्युत कोइरालाको विस्तृत कुराकानी-
तपाईंलाई बधाई छ, तपाईंले अभिनय गरेको फिल्म "जंगल क्वीन" निकै हिट भएको छ ?
-कुराकानीलाई निकै सहज बनाउन सुरुवातमा मैले उनलाई हौस्याउन चाहें । तर उनले मेरो बधाईलाई मुस्कानले मात्र फिर्ता गरनि् । मुख खोल्न चाहिनन् । उनीसित न्यूरोडको एउटा रेष्टुराँमा भेटेदेखि कुरा सुरु गरुञ्जेलमा उनले मुखको साटो टाउकोले स्वीकृति वा अस्वीकृति जनाइरहेकी थिइन् ।)
फिल्मले यति धेरै सफल होला भन्ने सोच्नु भएको थियो ?
-उनले यो प्रश्नको उत्तरमा पनि मुन्टो हल्लाएर सोचेको थिइनँ भन्ने जनाइन् । तर म त्यस उत्तरमा ज्यादै असन्तुष्ट भ㢍ँ । उत्तर पाएकै छैन भन्ने हिसाबले मैले उनीतिर ट्वाल्ल परेर हेररिहें ।)
जंगल क्वीन कसरी पाउनु भो त ? -बल्ल उनी बोलिन्, उनको स्वर मधुरो सुनियो) पहिलो फिल्म "अचानक"को सुटिङ भइरहेकै ठाउँमा निर्देशक बीएस बलामी आउनु भएको थियो । त्यहीं कुरा भएर फिल्म गर्ने पक्का भएको थियो ।
किन फिल्म स्वीकार गर्नुभयो त ?
स्टोरी सुनेँ, राम्रै लाग्यो । (फेरि पनि छोटो उत्तर !)
पहिलो दिनको अनुभव कस्तो रह्यो ?
फाइट सिन थियो । पहिले नै क्यामेरा फेस गरसिकेको हुनाले मलाई गाह्रो त भएन । फाइट सिन गर्न झनै गाह्रो भएन । तर त्यो सिनमा घुँडामा चोट लाग्यो, त्यत्ति हो । -अब विस्तारै खुल्न थालिन् ।)
अनि तपाईंको पहिलो फिल्म चाहिँ अचानक कसरी पाउनु भयो त ?
अचानकको निर्माता सरोज शर्मा मलाई फिल्म खेल भन्दै आउनु भयो । मैले मानेकी थिइनँ । मलाई यो क्षेत्रमा गर्ने केही उत्साह नै बाँकी थिएन । जीवनमै उत्साह थिएन । तर उहाँले जुन क्षेत्रले तिम्रो बदनाम भयो, त्यही क्षेत्रमा नाम बनाउनु पर्छ भन्नुभयो । अनि उहाँको कुरा चित्त बुझेपछि फिल्म गरें ।
अभिनयको चस्का चाहिँ कसरी लाग्यो ?
म बच्चैदेखि अभिनय मन पराउँथें । मलाई ऐश्वर्या राय (बलिउडकी नायिका) खुब मन पथ्र्यो । उनीजस्तै नाम कमाउने मेरो इच्छा थियो । त्यही भएर म यस क्षेत्रमा केही गर्न चाहन्थेँ ।
पहिलो पटक क्यामेरा कहिले फेस गर्नुभयो त ? -फेरि मौन ! मानौँ मैले एउटा गहिरो घाउ कोट्याइदिएँ । निकै बेर मौन रहिन् । मुस्किलले एउटा अधुरो वाक्य निस्क्यो) त्यै गीत...-उनी
फेरि मौन रहिन् ।)
कुन गीत ?
भत्काइदिन्छु.... -प्रकाश ओझाको बहुचर्चित गीत भत्काइदिन्छु बाख्राको खोर पनि बताउँदा उनको अनुहारमा कान्ति थिएन, गर्व थिएन ।)
ओहो, भनेपछि त तपाईंको पहिलो गीतबाट नै ज्यादै हिट पो हुनुभएछ ! -मैले उनलाई हौस्याउँदै गर्दा उनको आँखा हल्का रसाउन थाल्यो । उनले त्यसको जवाफमा मुन्टो मात्र हल्लाइन् ।)
कसरी पाउनु भयो भिडियो ?
इटहरीमै बस्थेँ, अनि मलाई पनि खेल्ने इच्छा थियो ।
खासमा तपाईं र प्रकाश ओझाको जुन घटना भयो, त्यसको वास्तविकता के हो ?
अरुलाई भन्दा विश्वास गर्दैनन्, कतिले त प्रकाशलाई फँसाउन र चर्चामा आउन यसो गरी भनेर मेरो मुखेञ्जी नै पनि भने । तर मैले उसलाई भाइटीका लगाइदिएकी थिएँ । हामीबीच आत्मीयता थियो । उसको (प्रकाश) घरमा जान्छु भन्दा आमाले पनि रोक्नुहुन्न थियो । उसको वाइफसँग पनि मेरो राम्रो सम्बन्ध थियो । दुई छोरीहरुले पनि मलाई दिदी भन्थे । तर कहाँनेर कुरा बिगि्रयो भने उसले कतिबेला मेरो नाङ्गो फोटो खिचिसकेछ । त्यो देखाएर मलाई ब्ल्याकमेलिङ गर्यो ।
ब्ल्याकमेलिङ भन्या कस्तो ?
म यो फोटो पत्रिकामा छापिदिन्छु, म त ठूलो र चर्चित मान्छे हुँ । मलाई कसैले केही गर्न सक्तैन । इण्डिया भाग्छु । तँलाई नै हुने हो सबै भन्यो । तेरी सौतेनी आमाले बाँच्न दिन्न । अनि खालिस् ।
अनि ?
त्यो बाहिर आएपछि त म मर्नु न बाँच्नु भएँ । एकचोटि त सुसाइड पनि गर्न खोजेँ । तर मेरो यसमा कुनै गल्ती थिएन । अब मै गलत हुने भएँ मरेपछि चाहिँ भन्ने लाग्यो । त्यै भएर मर्न सकिनँ ।
तपाईंको सौतेनी आमा हुनुहुन्छ ?
हो ।
बुबा ?
अहिले विदेशमा हुनुहुन्छ ।
उहाँले थाहा पाएपछि के प्रतिक्रिया थियो ?
मेरी आमा त म सानै छँदा अर्कैसित जानुभएको रहेछ । त्यसैले म हजुरआमा र मेरो माइलो काकाकोमा हुर्किएँ । म मेरो माइलो काकालाई कहिल्यै पनि काका भन्दिनँ । उहाँ नै मेरो बुबा र काकी ममीजस्तो लाग्छ । त्यस्तो घटना हुँदा बुबाले चाहिँ काकालाई त्यस्तालाई किन राखेको भन्नुभएछ तर उहाँले मेरी छोरी मैसित नराखे कोसित राख्नु भन्नु भएछ । घरको सपोर्ट नभएको भए त मेरो के हालत हुन्थ्यो होला, तर उहाँहरुले सपोर्ट गर्नाले म अहिलेसम्म जीवित छु ।
मर्ने कुरा पनि सोच्नु भयो ?
त्योबाहेक मसित अरु कुनै विकल्प थिएन त्यो बेला । तर मलाई मेरी आमा (हजुरआमा) ले ज्यादै माया गर्नुहुन्छ । मलाई केही भइहाल्यो भने उहाँलाई कसले हेरचाह गर्छ भन्ने लागेर अनि मरनिँ । अनि यदि मेरै गल्ती भए पनि प्रायश्चित गरेँ भने मैले पुनर्जीवन पाउन सक्तिनँ र भन्ने लाग्यो । अनि मलाई के पनि लाग्यो भने उसले (प्रकाश ओझाले) त जेल गएपछि पनि यही क्षेत्रमा केही गर्न खोजिरहेको छ, गररिहेको छ भने झन् मेरो त क्यै गल्ती नै थिएन ।
अनि ?
तर अझै पनि मान्छेले यसमा मेरो दोष देख्छन्, गल्ती देख्छन् । वास्तवमा त्यस्तो होइन । उनीहरुले मलाई मेरै अगाडि नानाथरी भन्छन् । मलाई त यति पतीत ठान्छन् कि के भन्नु !
मैले एकचोटि तपाईंको बिहे पनि भएको सुनेको थिएँ, कोसित ? -उनी यस प्रश्नमा पहिलो पटक हाँसिन् र उल्टै प्रश्न गरनि्) कोसित ? यो बिलकूलै गलत कुरा हो ।
हुँदै होइन त ?
मलाई पर्नु पीर परेको अवस्थामा एक दुई जना नआएका होइनन् । उनीहरुको भनाइ के थियो भने जेजस्तै भए पनि म तिमीलाई अपनाउँछु भनेर एक जना आउनु भएको थियो । उहाँले मलाई बिहे गर्नु भनेको दया गरेजस्तो उहाँको भाव देखेँ । त्यै भएर मैले बिहे गरनिँ । म त वेश्या त होइन नि । म एउटा अप्ठेरोमा परेर शोषित भएकी थिएँ । कहीँ कतै केही गल्ती भएको भए पनि त्यसको प्रायश्चित गर्दै छु ।
अनि अर्को कुरा, मलाई केटा मान्छे नै मन पर्दैनन्, यस्तो अवस्थामा कसरी बिहे गर्छु होला ? मलाई अझै पनि भीडभाड मन पर्दैन । म एक्लै बस्न रुचाउँछु । अझै पनि कसैले मलाई गहिरएिर हेरे भने मेरो बारेमा पक्कै गलत सोच्दै छ भन्ने लाग्छ । अचानकको सुटिङका बेलामा म एक्लै बस्थेँ, मलाई डाइरेक्टर साब, एनबी महर्जन दाइहरुले गाली गर्नुहुन्थ्यो । जे भयो भइहाल्यो, अब त्यही कुरालाई लिएर तिमी यति धेरै कन्सस नहोऊ भनेर सम्झाउनु हुन्थ्यो ।
चारित्रिक हिसाबले नेपाला फिल्म उद्योग सबैभन्दा नराम्रो मानिन्छ, यहीँ चाहिँ तपाईं किन आउन चाहनु भयो त ?
जे कारणले, जुन रहरले मेरो जीवन बरबाद भयो, म त्यही क्षेत्रबाट पुनः इज्जत पाउन चाहन्छु । यो क्षेत्रमा सबै नराम्रा मान्छे पनि छैनन् । त्यो कुरा त मेरो दुई वटा फिल्मका दाइहरु, सहकर्मीहरुबाट पनि थाहा भयो । मलाई लाग्छ, अब मैले यही क्षेत्रबाट केही गर्न सक्छु ।
तपाईं यति राम्री हुनुहुन्छ, कसैले प्रेमप्रस्ताव राखेकेा छ कि छैन हालसालै ?
म मान्छेको अघिल्तिर नबस्ने हुनाले कसैले प्रस्ताव राख्ने कुरै आउँदैन ।
परिवारमा अहिले कस्तो छ त ?
यो घटना भएपछि मलाई मेरो बुबाले त्याग्नु भयो । काका जसलाई म आफ्नै बाबाभन्दा बढी मान्छु, उहाँले चाहिँ बुबालाई भन्नुभएछ- म मेरी छोरीलाई राखुँ कि फ्यालुँ के मतलब ? अहिले मेरो बुबासित काकाको बोलचाल छैन ।
अहिले तपाईं कहाँ बसिरहनु भएको छ ?
मामाघर छ सामाखुसीमा । म उहाँहरुसित बसिरहेकी छु । उहाँले पनि मलाई सपोर्ट गररिहनु भएको छ ।
उद्योगमा कसरी काम गर्नेबारे सोच्नु भएको छ ?
म जुनसुकै मूल्यमा पनि यहीँ टिक्ने भन्ने सोचमा छैन । मलाई फिल्म नै गर्नुपर्छ भन्ने छैन । पहिला रहर थियो, अब चाहि मेरो आत्मसम्मानमा चोट नपुग्ने कुनै प्रोजेक्ट या त्यस्ता व्यक्तिहरु भेटेँ भने काम गर्छु नत्र गर्दिन । मलाई फिल्मको अनुभव पनि भयो, यसमा म खुसी छु ।
अनि नयाँ फिल्महरु केही छन् ?
कुरा भइरहेको छ तर फाइनल भएको छैन । अनि अब म फेरि पढ्दैछु ।
कहाँ ?
इटहरीमा नै ।
के पढ्ने ?
बीकम । म त्यहीँ केही गर्छु भन्ने लागिरहेको छ ।
उसो भए बेस्ट अफ लक !




सौजन्यः नेपालीपत्र


Photo by nepalarab.com

2 comments:

Sagar Pradhan USA said...

HI Jyoti we hope you will not returned on your past best of luck.

सुकदेव चाम्लिङ-राई . said...

नेपाली छोरी हौ भने तिमीले हिम्मत गर्नै पर्छ । जुन कान्डले तिम्रो अत्मासम्मनमा ठेस लाग्यो, एकाङ्गी बनायो त्यसको पर्वाह नगर । तिमीले लछ्य प्राप्तिमा ढ्रिढ भएर लाग । पुराना कुरा बिर्सन निस्छय नै गाह्रो हुन्छ । तर हिम्मत गर ।